फोटोकथा

बरफको संसार!

अजय अलौकिक ४ माघ २०८० २०:३८ | Thursday, January 18, 2024
बरफको संसार!

बेइजिङ- चीनको राजधानी बेइजिङमा ३८ औँ बरफ बत्ती र हिम महोत्सवको आयोजना भइरहेको छ। विशेषतः चीनका उत्तरपूर्वी प्रान्तहरू यस्ता बरफिलो महोत्सवको आयोजनाका लागि विश्व प्रसिद्ध छन्।

बेइजिङको केन्द्रीय भागबाट करिब ८० किलोमिटर उत्तर पश्चिममा अवस्थित यानछिङ क्षेत्रको लोङछिङस्यामा जनवरी १५ बाट ३८ औँ बरफ बत्ती तथा हिम महोत्सव सुरु भएको हो। यो महोत्सवले पर्यटकका लागि एउटा मनोरम काल्पनिक संसार सिर्जना गरेको छ। यहाँ बरफ तथा हिउँ मूर्तिका साथै सयौँको संख्यामा लालटिन बत्ती र रूखमा बत्तीहरू सजाइएका छन्।

निकै चित्ताकर्षक रंगीन र झिलिमिली बत्तीहरूले आगन्तुकलाई बेग्लै संसारमा पुर्‍याउन सफल भएको छ। माइनस १० डिग्रीभन्दा मुनिको तापक्रम भए तापनि बरफको संसारमा डुल्न पाउँदा आगन्तुकले न्यानो अनुभूत गरेको देखिन्छ।

यसपटकको महोत्सवलाई अघिल्ला महोत्सवहरूभन्दा अझै विस्तार गरिएको छ। आयोजकका अनुसार २ लाख ५० हजार वर्गमिटरको क्षेत्रफलमा २०० वटा बरफ मूर्ति, १०० वटा हिम मूर्ति ५० सेट बरफ लालटिन बत्ती तथा २००० भन्दा बढी रूख बत्तीहरू सजाइएका छन्।

पछिल्लो समय चीनमा यो हिउँदको समयमा यस्ता बरफ र हिउँ महोत्सवको आयोजना र हिउँदे खेल गतिविधि तथा हिउँदे पर्यटन एउटा ट्रेण्ड नै बनेको छ। साथै हिउँदे अर्थतन्त्र आर्थिक पुनरुत्थानको एउटा हिस्सासमेत बनेको छ। हिउँ र बरफ सुन चाँदीजस्तै अमूल्य धन बनेको देखिन्छ।

प्रकाशित: ४ माघ २०८० २०:३८ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast