बजेट अभावले रोकिएको सालक संरक्षण अभियान काभ्रेमा पुनः सुरु हुँदै

हिमाल प्रेस २ माघ २०८० २०:०३ | Tuesday, January 16, 2024
बजेट अभावले रोकिएको सालक संरक्षण अभियान काभ्रेमा पुनः सुरु हुँदै तस्बिर स्रोतः तुलसीलक्ष्मी सुवाल (सालक संरक्षण कार्ययोजना)

काभ्रेपलाञ्चोक- विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जंगली जनावर सालकको अनुसन्धान तथा संरक्षणार्थ पुनःअभियान थालिने भएको छ। बजेट अभावमा चार वर्षदेखि रोकिएको अनुसन्धान एवं चेतनामूलक अभियान यस वर्षदेखि पुनः थालिने भएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ।

बागमती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा बर्सेनि विनियोजन हुने रकम रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान चार वर्षदेखि हुन सकेको थिएन।

मन्त्रालयबाट चालु आर्थिक वर्षका लागि चार लाख रकम विनियोजन गरेपछि सालक संरक्षणार्थ अभियानको कार्यक्रम बनाइने वन कार्यालयका प्रमुख शिवप्रसाद सापकोटाले बताए। उनका अनुसार अघिल्ला वर्षमा गरिएका क्रियाकलापको समीक्षा गरी कुन ढाँचामा अभियान सुरु गर्नेबारे अब छलफल गरिनेछ।

संरक्षण अभियानअन्तर्गत कार्यालयले चार वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। कार्यालयका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख र आव २०७५/७६ मा दुई लाख बजेट पठाएको थियो। तत्कालीन समयमा कुन–कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको थियो।

२०७८ असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा एउटा सालक भेटिएको थियो। उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमै छाडिएको थियो। पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेंगोलिन’ रहेको कार्यालयको भनाइ छ।

संकटमा ‘डल्ले भूत’

प्रकाशित: २ माघ २०८० २०:०३ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast