पार्किङमा रहेको जिप चोरी, एक जना पक्राउ

हिमाल प्रेस ३ माघ २०८० २०:०९ | Wednesday, January 17, 2024
पार्किङमा रहेको जिप चोरी, एक जना पक्राउ

पोखरा- पार्किङमा रहेको जिप चोरी गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा-१४, खाल्टेमसिनाका २० वर्षीय गोविन्द परियार हुन्।

पोखरा-१०, अमरसिंह स्कुलको खेल मैदानमा पार्किङमा रहेको ग २ च २३४३ नम्बरको बलरो जिप बुधबार बिहान साढे १ बजे हराएपछि खोजी सुरु भएको थियो। अन्ततः उक्त जिप उनै गोविन्द परियारले चलाइरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारको टोलीले फेला पारेको हो।

प्रहरीले उनलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमतिलाई अनुसन्धान थालेको जनाएको छ। अघिल्लो महिना पनि पोखराको बसपार्कबाट एक किशोरले पार्किङ गरिराखेको बस कुदाएर चितवन पुगेको अवस्थामा पक्राउ परेका थिए।

प्रकाशित: ३ माघ २०८० २०:०९ | Wednesday, January 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast