पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित

हिमाल प्रेस १० माघ २०८० २१:३३ | Wednesday, January 24, 2024
पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित

काठमाडौँ- आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ। निर्धारित ५० ओभरको खेलमा १४ बल बाँकी रहँदै पाकिस्तानले लक्ष्य भेटाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको थियो।  प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।

पाकिस्तानले दुई खेलबाट चार अंक जोड्न सफल भएको छ। लगातार दुई खेल हारेको नेपाल अंकविहीन छ।

अब नेपालले शुक्रबार अफगानिस्तानको सामना गर्नेछ। सो खेलको विजेता न्युजिल्याण्ड र पाकिस्तानसँगै सुपर सिक्स चरणमा प्रवेश गर्नेछ।

प्रकाशित: १० माघ २०८० २१:३३ | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast