काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी संख्या १९९ रहने भएको छ। सोमबार सकिएको केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्य १९९ बनाउने निर्णय गरेको हो।
हाल २४ पदाधिकारीसहित ३५१ सदस्यीय रहेको केन्द्रीय कमिटी छ। विधान संशोधन गरी १७५ बनाइने प्रस्ताव पेस भए पनि परिषद्को बैठकले १९९ सदस्यीय बनाउने निर्णय गरेको हो।
पार्टीको केन्द्रीय पदाधिकारीको संख्या १७ रहनेछ।
४० वर्ष मुनिको उमेर समूहलाई २० प्रतिशत प्रतिनिधित्व गराउने निर्णय पनि बैठकले गरेको छ। सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएर आउनुपर्ने निर्णय पनि बैठकले गरेको छ।


प्रकाशित: १५ माघ २०८० १७:४५ | Monday, January 29, 2024
प्रतिक्रिया





