जसपाको तेह्रथुम कार्यसमिति पुनर्गठन, अध्यक्षमा लोकबहादुर

हिमाल प्रेस २९ पुष २०८० ९:४२ | Sunday, January 14, 2024
जसपाको तेह्रथुम कार्यसमिति पुनर्गठन, अध्यक्षमा लोकबहादुर

तेह्रथुम- जनता समाजवादी पार्टी, नेपाल (जसपा) तेह्रथुम पुनर्गठन भएको छ।

लोकबहादुर सिंगकको अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिको निर्माण हुँदै जसपा तेह्रथुमको पुनर्गठन भएको हो।

जसको उपाध्यक्ष सुर्य मादेन र सुर्य निङ्लेकु, सचिव देवेन्द्र खापुङ, सहसचिव राजकुमार तेयुङ तरेबा, कोषाध्यक्ष सुन्दरी लिम्बू रहेका छन्।

त्यसैगरी सदस्यहरुमा डम्बरबहादुर खापुङ, तुलसी भुजेल खवास, बौधराज लिम्बू, निलम नेपाली, प्रेमबहादुर खड्का, टिकाराम गुरुङ, ज्ञानेन्द्र इङ्नाम, मदनबहादुर कन्दङ्वा, जितबहादुर लिम्बू, रेवत साउदेन, डम्बर दास, गंगा कुरुम्बाङ, नीता पङ्धाक, टठबहादुर पङ्धाक, उर्मिला सिंगक, जमुना सिंगक, देवीमाया कटुवाल रहेका छन्।

पार्टीका केन्द्रीय सदस्य प्रेमराज लावतीको प्रमुख आतिथ्यतामा पुनर्गठन कार्यक्रम भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

प्रकाशित: २९ पुष २०८० ९:४२ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast