‘छम्म नाचौं, छप्प नाचौं’ मा कलाकारको जम्बो टोली

हिमाल प्रेस ८ माघ २०८० १५:५८ | Monday, January 22, 2024
‘छम्म नाचौं, छप्प नाचौं’ मा कलाकारको जम्बो टोली

काठमाडौँ– विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको ‘छम्म नाचौं, छप्प नाचौं’ बोलको गीत सार्वजनिक भएको छ।

काठमाडौँमा कार्यक्रम गर्दै सोमबार सार्वजनिक गरिएको गीतको भिडियोमा चर्चित कलाकारहरुको भीड देख्न सकिन्छ।

भिडियोमा गायक निर्मलसँगै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, निर्मल शर्मा, धिरेन शाक्य, रविन्द्र खड्का, गजित बिस्ट, गम्भीर बिस्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायत कलाकारको अभिनय छ।

निर्मलकै शब्द रहेको गीतमा मोहित मुनालले संगीत भरेका छन्। भिडियो मनिष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी र महेश पौडेलको छायांकनमा बनेको छ।

वेलकम एडभर्टाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन्। १३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायकमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ‘कमस’, ‘प्रिती, ‘पुकार’ र ‘आमाको माया’मा अभिनय गरेका छन्।

पृथक शैलीको गीत गाउने इच्छाले यो गीत सार्वजनिक गरिएको गायक पौडेलले बताए। ‘कहीँ कतै पार्टीतिर नाच्न मन लाग्यो भने हिन्दी गीत, डिस्को गीत बज्छन्। हामीले नाच्ने खालका मौलिक गीत नै छैनन्’, निर्मलले भने।

गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्ताे छ गीत

प्रकाशित: ८ माघ २०८० १५:५८ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast