घूस लिने कम्प्युटर इन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १४ माघ २०८० १५:०४ | Sunday, January 28, 2024
घूस लिने कम्प्युटर इन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी विभागको परिचयपत्र शाखामा करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सेवाग्राहीबाट घूस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

राष्ट्रिय परिचयपत्र सहजीकरणका निम्ति राहदानी विभागमा खटाइएका भट्टराईले सेवाग्राहीलाई राहदानी बनाइदिने भन्दै रकम लिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो। भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीका लागि सेवाग्राहीसँग ३४ हजार रुपैयाँ घूस लिएको अनुसन्धानका क्रममा खुलेको थियो।

सुमी धामी भनिने सुमित्रा सापकोटाले भट्टराईलाई घूस लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित: १४ माघ २०८० १५:०४ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast