‘खजुरे ब्रो’ को अतिथि कलाकारमा मेयर हर्क

हिमाल प्रेस १४ माघ २०८० १५:३६ | Sunday, January 28, 2024
‘खजुरे ब्रो’ को अतिथि कलाकारमा मेयर हर्क

काठमाडौँ– फिल्म ‘खजुरे ब्रो’ मा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अतिथि कलाकारको विशेष भूमिका देखिने भएका छन्। निर्माण टिमका अनुसार धरानकै चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को क्यारेक्टरमा बन्ने फिल्ममा साम्पाङ धरानकै मेयरको भूमिकामा देखिने भएका हुन्।

‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य थियो। कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने। ‘त्यसको लागि नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ।’ फिल्मले धरानको संस्कृतिको प्रवर्धन र स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाई छ।

सुरज सुनुवारको लेखन र निर्देशनमा निर्माण हुने फिल्म कमेडी जनरामा बनेको छ। फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिश राउत, प्रेम सुब्बा, सुजाता राईलगायत कलाकारको अभिनय छ। नीति शाहले यसै फिल्मबाट डेब्यु गर्दैछिन्।

फिल्म निर्देशक सुनुवार र नवीन मानन्धरले निर्माण गरेका हुन्।  शिशिर बिसंखेले धरानमा छायांकन गरिरहेका छन्। फिल्म दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्नेछ।

प्रकाशित: १४ माघ २०८० १५:३६ | Sunday, January 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast