एनसेल र सामसङबीच ग्यालेक्सी एस२४ सिरिजका लागि साझेदारी

हिमाल प्रेस १० माघ २०८० १३:५५ | Wednesday, January 24, 2024
एनसेल र सामसङबीच ग्यालेक्सी एस२४ सिरिजका लागि साझेदारी

काठमाडौँ‍- एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउन साझेदारी भएको छ। साझेदारीअन्तर्गत, एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो पाँच सयजना ग्राहकले इच्छाअनुसार एनसेलको स्पेसल लक्स नम्बर लिन पाउने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सामसङ नेपालले शुक्रबारदेखि ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ। अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउनेछन्।

एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘ग्यालेक्सी एस२४ सिरिज सबैभन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दैछौँ। नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ सम्भावना पहिल्याउन प्रतिबद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौँ।’ ग्राहकले सामसङ नेपालको आधिकारिक वेबसाइट https://samsung-np.com/NP-S24-Preorder/ मार्फत वा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर अग्रिम बुकिङ गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेटलगायतका आकर्षक उपहार समेत पाउने सामसङ नेपालले जनाएको छ।

प्रकाशित: १० माघ २०८० १३:५५ | Wednesday, January 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast