एक लाख नेपाली ग्राहकको मन जित्न सफल टिभिएस् एन्टर्क

हिमाल प्रेस ५ माघ २०८० १५:२३ | Friday, January 19, 2024
एक लाख नेपाली ग्राहकको मन जित्न सफल टिभिएस् एन्टर्क

काठमाडौँ- जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ। सन् २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क एक लाख वटा बिक्री भइसकेको जगदम्बा मोटर्सले जनाएको छ।

जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले भने, ‘हामीले नेपाली ग्राहकको यति धेरै माया र विश्वास पाएका छौँ। लन्च गरेको यति छोटो अवधिमै एक लाख एनटर्कहरू रोडमा गुडिसकेका छन्। यो माया र विश्वासका लागि हामी नेपाली ग्राहकप्रति कृतज्ञ छौँ।’

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिकअप र पर्फर्मेन्सका लागि लोकप्रिय रहेको कम्पनीको दाबी छ। नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो।

एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकका लागि प्रशस्त छनोटका अवसर प्रदान गरेको छ। एक लाख स्कुटर बिक्री भएको उपलक्ष्यमा टिभिएस् एनटर्क अहिले ३,९९९ को मासिक किस्तामा उपलब्ध रहेको जगदम्बा मोटर्सले जनाएको छ। जगदम्बा मोटर्स नेपालका लागि टिभिएस् मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो।

प्रकाशित: ५ माघ २०८० १५:२३ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast