विद्यालयको अक्षयकोष स्थापनार्थ सहयोग अभियोग अभियान, उठ्यो ४० लाख

हिमाल प्रेस १४ पुष २०८० १२:०४
6
SHARES
विद्यालयको अक्षयकोष स्थापनार्थ सहयोग अभियोग अभियान, उठ्यो ४० लाख

गण्डकी- स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार रुपैयाँ प्रदान गरेका छन्।

अक्षयकोष स्थापनार्थ सुरु गरिएको आर्थिक सहयोग अभियानमा हालसम्म सो रकम संकलन भएको विद्यालयले जनाएको छ। सबैभन्दा बढी दोर्दी–८ बन्सारका खर्ब तामाङले तीन लाख रुपैयाँ प्रदान गरेका विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले जानकारी दिए।

‘स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको हो’, उनले भने, ‘हालसम्म दुईसय ५० भन्दा बढी यस अभियानमा जोडिनुभएको छ।’

अक्षयकोषको रकम वृद्धिका लागि स्वर्ण महोत्सवपछि पनि आर्थिक अभियान निरन्तर सञ्चालन हुने प्रअ घिमिरले उल्लेख गरे। अक्षयकोषलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च गरिने जनाइएको छ। बिहीबारदेखि सुरु भएको स्वर्ण महोत्सव आज सकिने विद्यालयले जनाएको छ।

विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, गाडी सुविधालगायत योजना अगाडि बढाएको छ। गुरुङ समुदायको बाहुल्य रहेको दोर्दीको ढोडेनी, फलेनी र बन्सार क्षेत्रका विद्यार्थी सो विद्यालयमा अध्ययन गर्छन्।

दोर्दीका जनप्रतिनिधि र स्थानीवासीले विद्यालयको भौतिक संरचना निर्माणमा पहल लिएकाले अहिले सुविधासम्पन्न भवनबाट विद्यालय सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक घिमिरेले बताए। उनका अनुसार हाल विद्यालयमा दुई सय बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: १४ पुष २०८० १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + ten =