इटहरीमा कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय गोल्डकप प्रतियोगिता हुने

हिमाल प्रेस १३ पुष २०८० १३:४५
24
SHARES
इटहरीमा कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय गोल्डकप प्रतियोगिता हुने

इटहरी- इटहरीको द योङ्ग ब्रदर्श क्लबले कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय गोल्डकप प्रतियोगिता गर्ने भएकाे छ।क्लबले शुक्रबार पत्रकार सम्मेलन गरेर आगामी माघ १३ देखि २० गतेसम्म इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा गोल्डकप हुने जानकारी दिएको हो।

क्लबका संरक्षक तथा खेलकुद प्रतियोगिताका मूल संयोजक विकाश केसीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका आठवटा टिम सहभागी हुनेछन्। सुनसरी, मोरङ, झापा, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, उदयपुर जिल्लाबाट फुटबल टिम सहभागिताका लागि कुरा भइरहेको उनले बताए।

प्रतियोगिताको विजेता टिमले दुई लाख ११ हजार रुपैयाँ, उपविजेता टिमले एक लाख ११ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै प्रत्येक दिन म्यान अफ दी म्याचलाई नगद पाँच हजार, बेस्ट किप्परलाई नगद १० हजार, खेल अवधिभर सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई नगद १० हजार र म्यान अफ दी सिरिजलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए।

प्रतियोगितामा २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। फुटबल खेल विश्वकै लोकप्रिय र कृष्णप्रसाद भट्टराई प्रजातन्त्र प्राप्तिका लागि सबैले स्वीकार गरेको व्यक्ति भएकाले भट्टराईको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको केसीले बताए।

प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनका निम्ति पनि सहज हुने केसीको भनाइ छ। क्लबका अध्यक्ष विजय सुब्बाले क्लबले यसअघि विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको बताए।

प्रकाशित: १३ पुष २०८० १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =