निजामती कर्मचारी ऐन चाँडो टुंग्याउन प्रधानमन्त्रीलाई अनुरोध

हिमाल प्रेस १३ पुष २०८० ९:३३
52
SHARES
निजामती कर्मचारी ऐन चाँडो टुंग्याउन प्रधानमन्त्रीलाई अनुरोध

काठमाडौँ- नेपाल निजामती कर्मचारी युनियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘निजामती कर्मचारी ऐन’ चाँडो टुंग्याउन अनुरोध गरेको छ।

जाजरकोट भूकम्पपीडितका लागि बिहीबार प्रधानमन्त्री राहत कोषमा ११ लाख ११ हजार १११ जम्मा गरेपछि प्रधानमन्त्रीलाई उनकै कार्यकक्षमा युनियनका अध्यक्ष गोपाल पोखरेल नेतृत्वको टोलीले भेटेर निजामती ऐन शीघ्र जारी गर्न अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले उक्त ऐन शीघ्र जारी गर्ने सन्दर्भमा आफू सकारात्मक रहेको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =