रोयल इन्फिल्डका तीन नयाँ मोडल सार्वजनिक

हिमाल प्रेस १२ पुष २०८० १२:२९
रोयल इन्फिल्डका तीन नयाँ मोडल सार्वजनिक

काठमाडौँ– रोयल इन्फिल्डले मिटिओर ३५० सीसीको तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले मिटिओर फाइरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेको हो। नक्सालस्थित रोयल इन्फिल्ड शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुभाषचन्द्र संघाइ र रोयल इन्फिल्डका नेपाल बजार प्रमुख अभिषेक सुक्लाले नयाँ मोटरसाइकल सार्वजनिक गरेका हुन्।

मिटिओर मोडल मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको छ। यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रोनिक फ्यूल इन्जिक्सन रहेको छ। उक्त इन्जिनले अधिकतम् ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ। यो मोडलमा डुअल डिस्कब्रेक दिइएको छ।

सबै मोटरसाइकलमा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ भने प्रतिलिटर ४० किमि माइलेज दिने कम्पनीको दाबी छ। इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाइ, ट्विन डाउनटुव स्पाइन फ्रेमजस्ता फिचर पाउन सकिन्छ।

मिटिओर फाइरबल ३५० सीसी पहेँलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छ। त्यस्तै मिटिओर स्टेलर कालो, निलो र रातो रंगमा उपलब्ध छ। मिटिओर सुपरनोभा चाहिँ खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीले मिटिओर फाइरबल ३५० सीसीको मूल्य ५ लाख ५० हजार रुपैयाँ रहेको छ। कम्पनीले मिटिओर स्टेलर ३५० सीसीको मूल्य ५ लाख ५५ हजार र मिटिओर सुपरनोभा ३५० सीसीको मूल्य ५ लाख ६५ तोकेको छ।

प्रकाशित: १२ पुष २०८० १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 18 =