आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु फेरि पक्राउ

हिमाल प्रेस ९ पुष २०८० १६:०१
34
SHARES
आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु फेरि पक्राउ आरती साहको न्यायका लागि माइतीघर मण्डलमा धर्ना दिइँदै। फाइल तस्बिर।

जनकपुरधाम– आरती साह मृत्यु प्रकरणमा धनुषा प्रहरीले उनको पति मोतीबाबुलाई फेरि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले साहलाई सोमबार बिहान जनकपुरधामको सिताचोकस्थित होटल सगुनबाट पक्राउ गरेको हो।

साह १८ दिनदेखि फरार रहेका थिए। सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबुलाई गत मंसिर २० गते थुनामा पठाउन आदेश दिएको थियो। न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई थुनामा पठाउने आदेश दिएसँगै उनी फरार भएका थिए।

यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको थियो। यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उनीहरू दुवै जना थुनाबाहिर थिए।

यता, आरती साहको परिवार न्यायको माग गर्दै काठमाडौँको माइतीघरमा१९४ दिनदेखि धर्नामा छ।

प्रकाशित: ९ पुष २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =