दाङ- लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका छन्।
यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रिपरिषद् भएको हो।
नयाँ मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन्।
आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।
प्रकाशित: ८ पुष २०८० ८:३१
प्रतिक्रिया