असार २८ देखि ‘घरज्वाइँ’ बस्दै दयाहाङ

हिमाल प्रेस ६ पुष २०८० १२:२५ | Friday, December 22, 2023
असार २८ देखि ‘घरज्वाइँ’ बस्दै दयाहाङ

काठमाडौँ- फिल्म ‘घरज्वाइँ’ आगामीवर्ष असार २८ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।

सामाजिक कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगरको जोडी मुख्य भूमिकामा रहनेछन्। उनीहरुले ‘जारी’, ‘नाङ्गो गाउँ’लगायत थुप्रै फिल्ममा सहकार्य गरिसकेका छन्।

उनीहरूसहित फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, खड्ग बहादुर पुन (खबपु), विवेश बुढामगर, सुनिल मगरलगायतको अभिनय रहनेछ।

माघको तेस्रो सातादेखि छायांकन सुरु भनिएको फिल्म अनिल बुढा मगरले निर्देशन गर्नेछन्। फिल्म पूर्वी रुकुम र तकसेरामा फिल्मको छायांकन गरिने जनाइएको छ।

निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाले फिल्मको कथा लेखेका छन्। जिएम मुभिज प्रोडक्सनको प्रस्तुति रहने फिल्मका निर्माता  जनक घर्ती मगर हुन्।

फिरोज खड्का सहायक निर्देशक रहेको फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत  र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।

प्रकाशित: ६ पुष २०८० १२:२५ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast