प्रादेशिक अस्पतालले माग्यो कर्मचारी

हिमाल प्रेस ६ पुष २०८० ८:२०
12
SHARES
प्रादेशिक अस्पतालले माग्यो कर्मचारी

काठमाडौँ- सिरहाको रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालले करार पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ।

अस्पतालले आठ तथा नवौं तहका लागि कन्सलटेन्ट पेडियाट्रिसियन, कन्सलटेन्ट अब्टेट्रिसियन, कन्सलटेन्ट जनरल फिजिसिसन, डेन्टल सर्जन, फार्मेसी सहायक, हलुका सवारी चालकलगायतका पदमा दरखास्त आह्वान गरेको हो।

इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ।

नेपाली नागरिकता र शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी अस्पतालबाट निर्धारित दरखास्त फारम भरी तोकिए बमोजिमको दरखास्त दस्तुर राष्ट्रिय वाणिज्य बैंक सिरहामा रहेको राजश्व खाता नं. १०००१००२०००१०००० राजश्व शीर्षक नं. १४२२४ र कार्यालय कोड ३५०००१६०२२ विवरण भएको खातामा जम्मा गरेको सक्कल भौचर साथ राखी अस्पतालको प्रशासन शाखामा दर्ता गराउनुपर्ने अस्पतालले जनाएको छ।

दरखास्त फाराम अस्पतालबाट प्राप्त गर्न सकिनेछ।

प्रकाशित: ६ पुष २०८० ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =