कार्यान्वयनको उपायसहित बन्दैछ १६औँ योजना

हिमाल प्रेस ५ पुष २०८० १६:५६
10
SHARES
कार्यान्वयनको उपायसहित बन्दैछ १६औँ योजना

काठमाडौँ– विकास निर्माणका योजना कार्यान्वयनमा देखिने समस्या समाधानका उपायसहित राष्ट्रिय योजना आयोगले १६औँ योजना बनाइरहेको छ। आयोगमा बिहीबार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आयोजना कार्यान्वयनका क्रममा देखिने समस्या र समाधानका लागि गरिने प्रभावकारी उपायसहितको नयाँ योजना बनिरहेको जानकारी गराए।

विकास निर्माणको काम प्रभावकारी हुन नसक्नुको पछाडि अन्तरसरकारी निकायबीचको समन्वयको अभाव देखिएको, वन क्षेत्रको जग्गा प्रयोग तथा निजी भूमि प्राप्ति र जनशक्तिको उपलब्धतालगायत कारण मुख्य रहेको श्रेष्ठको भनाइ छ। १६औँ योजनामा त्यसको समाधान खोज्ने लक्ष्य राखिएको उपाध्यक्ष श्रेष्ठले बताए।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत नयाँपनको खोजी गर्न लागिएको र त्यसको सुरुवात आगामी आर्थिक वर्षदेखि नै कार्यान्वयनमा जाने उपाध्यक्ष डा. श्रेष्ठले जानकारी गराए।

‘प्रधानमन्त्रीले केही नयाँ गरौँ भन्ने सोच राख्नुभएको छ। सोहीअनुसार हामीले आवश्यक प्रबन्ध गरिरहेका छौँ कानुनी सुधार गर्नुपर्ने ठाउँमा पनि आवश्यक तयारी भइरहेको छ,’ उनले भने।

आयोगले १६औँ योजनाको अन्त्यसम्म मुलुकको कूल गार्हस्थ्य उत्पादन –जीडीपी) ८० खर्ब रुपैयाँ बराबरको बनाउने लक्ष्य राखेको छ। यसको लागि पूर्वाधारमा लगानी बढाउनुपर्ने उपाध्यक्ष श्रेष्ठले बताए। सन् २०२६ मा नेपाल विकासोन्मुख देशमा स्तरोन्नति हुँदा त्यसले लगानी भित्र्याउन थप सहयोग पुग्ने उपाध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे।

प्रकाशित: ५ पुष २०८० १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 11 =