सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज

हिमाल प्रेस ४ पुष २०८० ७:०२
4
SHARES
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय आज

काठमाडौँ- सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइको निर्णय बुधबार आउँदैछ।

प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक बोलाइएको छ। बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ।

गत मंसिर ५ गते न्यायपरिषद्ले गरेको नियुक्ति सिफारिसमा २९ देखि संसदीय सुनुवाइ समितिले सुनुवाइ थालेको थियो। सुनुवाइ सोमबार सकिएको थियो।

प्रस्तावित ६ न्यायाधीशमा बालकृष्ण ढकाल, सुनीलकुमार पोखरेल, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौडेल, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान छन्।

समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ।

 

प्रकाशित: ४ पुष २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =