४६ अंकले बढ्यो नेप्से, परिसूचक २१०६ बिन्दुमा

हिमाल प्रेस ३ पुष २०८० १५:१८
10
SHARES
४६ अंकले बढ्यो नेप्से, परिसूचक २१०६ बिन्दुमा

काठमाडौँ– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ४६ अंकले बढेको छ। आजको कारोबार २०६५ बिन्दुबाट सुरु भएको थियो। २.२३ प्रतिशतले बजार उकालो परिसूचक २१०६ बिन्दुमा उक्लिएर कारोबार बन्द भएको हो।

मंगलबार १८३ कम्पनीका लगानीकर्ता फाइदामा गएका छन्। ५३ कम्पनीको मूल्य भने घटेको छ। आज कुल ३१३ कम्पनीको १ करोड ६४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। यसले गर्दा कारोबार रकम ५ अर्ब ९८ करोड ४६ लाख पुगेको छ।

मंगलबार कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। यसको ३७ करोड ४३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। सोल्टी होटलको २८ करोड ७३ लाख र सोना मिनिरल्स एण्ड ओयल कम्पनीको १६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ।

आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबै उपसमूहको सूचक बढ्दा होटल तथा पर्यटन क्षेत्रको उपसूचक सर्वाधिक ६.९४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत नीतिगत दर घटाउने र सेयर धितोको जोखिमभार घटाउने नीति लिएपछि सेयर बजारमा सकारात्मक ऊर्जा देखिएको छ।

प्रकाशित: ३ पुष २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =