विद्यालय कर्मचारी परिषद्ले बाेलायाे विस्तारित बैठक

हिमाल प्रेस ३ पुष २०८० १३:५९
5.2k
SHARES
विद्यालय कर्मचारी परिषद्ले बाेलायाे विस्तारित बैठक

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विस्तारित बैठक बोलाएको छ।

आगामी पुस १६ गते विहान ११ बजे सरस्वती नमुना माध्यमिक विद्यालय कावासोती नगरपालिका-४ हसौरा नवलपुरमा विस्तारित बैठक बोलाइएको परिषद्का केन्द्रीय महासचिव शान्तिनाथ योगीले जानकारी दिए।

‘नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको विस्तारित बैठक हुने भएकाले राष्ट्रिय समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्य तथा पदेन सदस्यका साथै नेपाल शिक्षक महासंघका सदस्य (विद्यालय कर्मचारी) समेतलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,’ महासचिव योगीले भने।

बैठकमा विद्यालय कर्मचारीका पेसागत समस्या, सरकारसँग भएका सहमति कार्यान्वयनका लागि आगामी दिनमा दिनुपर्ने दबाबलगायतका विषयमाथि छलफल हुनेछ।

प्रकाशित: ३ पुष २०८० १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 12 =