बेरोजगारीको कथा ‘सुनि दिने कोही भए’

हिमाल प्रेस २ पुष २०८० १३:२९
242
SHARES
बेरोजगारीको कथा ‘सुनि दिने कोही भए’

काठमाडौँ– बेरोजगारीको कथामा आधारित ‘सुनि दिने कोही भए’ बोलको गीत सार्वजनिक भएको छ। ओपल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा बेरोजगारीको कारण बिदेसिन बाध्य युवाको कथा प्रस्तुत छ।

पैसा अभावमा परिवारले छोडेर गएपछि बाध्यताले पासपोर्ट बनाउन गएको युवक बाटोमा दुर्घटनामा परेको भिडियोमा देख्न सकिन्छ। भिडियोले गीतको दोस्रो भाग पनि रहेको संकेत गरेको छ। भिडियोमा कलाकार बेनिशा हमाल, अनुपजंग थापा (विचित्र), र बाल कलाकार आश्रा बोहोराको अभिनय छ।

सरला श्रेष्ठको शब्द रहेको गीतमा दीपक पाठकले स्वर दिएका छन्।  गायक पाठककै संगीत रहेकाे गीतमा विश्व अधिकारीको संगीत संयोजन छ।

गीतको कथा लेखन तथा भिडियोको निर्देशन ओमप्रकाश अवस्थी (ईश्वर)ले गरेका छन्। अजय रेग्मीले छायांकन गरेको गीतको सम्पादन निर्देशक अवस्थीले नै गरेका छन्।

गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।


प्रतिक्रिया

One thought on “बेरोजगारीको कथा ‘सुनि दिने कोही भए’

  1. धन्यवाद यो समाचारको लागी। एउटा छुट्टै बिषयवस्तुलाई मैले यसै वर्ष रचेको यो गीतलाई एउटा भिन्दै कथावस्तुमा राम्रो म्यूजिक भिडीयो बनाउनुभएकोमा सम्पूर्ण टिममा धन्यवाद। दिपक पाठक भाइको स्वर र संगीतमा रेकर्ड भएको यो गीत पनि निकै मिठो बनेको छ🙏🥰

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =