घट्याे सुनकाे मूल्य, ताेलाकाे कति?

हिमाल प्रेस १ पुष २०८० ११:३५
20
SHARES
घट्याे सुनकाे मूल्य, ताेलाकाे कति? सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार एक हजार तीन सय रुपैयाँले घटेको हो।

आइतबार छापावाल सुन तोलामा एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी तेजाबी सुन आइतबार एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ।

आइतबार चाँदी भने प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १ पुष २०८० ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =