एकीकृत समाजवादी सिद्धार्थनगरमा कसौधनको नेतृत्वमा नयाँ कार्यसमिति

हिमाल प्रेस १ पुष २०८० ८:५२
226
SHARES
एकीकृत समाजवादी सिद्धार्थनगरमा कसौधनको नेतृत्वमा नयाँ कार्यसमिति

लुम्बिनी- नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर कमिटी रुपन्देहीको अध्यक्षमा शार्दुल मयुर कसौधन निर्वाचित भएका छन्।

शनिबार सम्पन्न नेकपा एकीकृत समाजवादी सिद्धार्थनगर कमिटिको प्रथम अधिवेशनले युवा नेता कसौधनको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

उपाध्यक्षमा विनोद क्षेत्री, सचिवमा श्रीकान्त उपाध्यय, उपसचिवमा उत्तम कुमार जिसी, अविरल पन्थी निर्वाचित भएका छन्।

यस्तै सदस्यहरूमा बासुदेव कार्की, इजहार वारिस, विनोदकुमार क्षेत्री, बलबहादुर थापा, दिनेश ठाकुर, सनोज गुप्ता, शिशिर गुरुङ, अजय यादव, सन्तकुमार कुर्मी, सुनिल धवल, मुस्ताक अहमद भाट, विजय पासवानलगायत निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष कसौधनले जनताका पक्षमा पार्टी गतिविधिलाई चलायमान बनाउने प्रतिबद्धता जनाए।

समाजवादीका केन्द्रीय महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विभिन्न पार्टी परित्याग गरी ५३ जना समाजवादीमा प्रवेश गरेका थिए।

अधिवेशलाई सम्बोधन गर्दै महासचिव भुसालले मुलुकका लागि अहिले सुशासन र रोजगारी आवश्यक रहेको बताए। उनले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदा मुलुकले दुःख पाएको टिप्पणी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fourteen =