जाडोमा तेलयुक्त खानेकुरा खाँदा के हुन्छ?

हिमाल प्रेस १ पुष २०८० ७:४९
22
SHARES
जाडोमा तेलयुक्त खानेकुरा खाँदा के हुन्छ?

जाडो याममा प्रायः मानिस धेरै खुर्सानी, मसला र तेल भएको खानेकुरा खान रुचाउँछन्। तर यस्तो खाना स्वास्थ्यका लागि हानिकर हुन्छ। खानामा तेल र मसलाको प्रयोगले छाला र शरीरलाई असर गर्छ।

तेल कम गर्नुहोस्

जाडोमा राम्रो पाचनका लागि कम तेलको प्रयोग गर्नुहोस्। राम्रो पाचनका लागि तपाईंले तेल, खुर्सानी र मसलाको प्रयोग कम गर्नुपर्छ। यसले पाचन प्रणालीको समस्याबाट मुक्ति मिल्छ। जाडोमा तातो खाना खाने र स्वस्थकर तेलको थोरै प्रयोग गर्नुपर्छ।

तेल बढी हुँदा छालाको समस्या

के जाडो के गर्मी तेल धेरै खानु स्वास्थ्यका लागि उपयुक्त होइन। जाडो याममा त धेरै तेलयुक्त खानेकुरा खाँदा स्वास्थ्यलाई हानी गर्छ। यसले छालाको समस्या छ भने पनि बढाउँछ। यदि तपाईंले धेरै तेल र मसला भएको खाना खानुभयो भने त्यसले असर गर्छ र छालासम्बन्धी कुनै रोग, दाग या कटिरा भए चिलाउने गर्दछ।

जाडोमा तौल नियन्त्रण

जाडोमा तेलयुक्त खानेकुरा खाँदा तौल नियन्त्रणमा मद्दत पुग्छ। धेरै तेलयुक्त खाना खाँदा तौल छिटो बढ्छ। तेलयुक्त खानेकुरा खाँदा मधुमेह, थाइराइड र मोटोपना जस्ता रोगको जोखिम बढ्छ। वन्लीमाइहेल्थबाट अनुवाद

प्रकाशित: १ पुष २०८० ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =