लुम्बिनीको गुम्बा निर्माणमा उपाध्यक्ष डा. लामाको श्रमदान

हिमाल प्रेस ३० मंसिर २०८० १९:३०
72
SHARES
लुम्बिनीको गुम्बा निर्माणमा उपाध्यक्ष डा. लामाको श्रमदान

लुम्बिनी- लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले गुम्बा निर्माणमा श्रमदान गरेका छन्। बुद्धजन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको शनिबार पुनःनिर्माण शिलान्यास समारोहमा सहभागी हुँदै उपाध्यक्ष ड.लामासहितका बौद्ध गुरु र अन्य व्यक्तिले श्रमदान गरेका हुन्।

गुम्बा शिलान्यास समारोहमा बोल्दै उपाध्यक्ष डा. लामाले पुनर्निर्माण भएको गुम्बाले लुम्बिनीप्रति अझै गहिरो आस्था र महत्त्व झल्काउने बताए। उनले विहार र गुम्बाहरूको प्रवर्धन र विकासका लागि कोषले आफ्नो दायित्व सम्झेको बताए।

विश्वयुद्ध र अशान्तिले आक्रान्त बन्दै गएको कुरा अवगत गराउँदै उपाध्यक्ष डा.लामाले विश्वमा सबैले बुद्ध र बुद्धदर्शनको अनुसरण गर्दै जानेको संख्या बढ्दै गएकाले शान्तिको स्रोतका रूपमा लुम्बिनीलाई विकास गर्न विकास कोष प्रतिबद्ध रहेको बताए।

लुम्बिनी परिसरमा विभिन्न देशले आकर्षक बुद्ध गुम्बा बनाइरहेका छन्। गुम्बाहरू पर्यटकका लागि आकर्षण बन्ने गरेका छन्। लुम्बिनीमा धेरैजसो मुलुकले गुम्बा बनाइसकेका छन् भने अमेरिका सरकार तथा दाताहरूको सहयोगमा बनाइने उक्त गुम्बा युनिभर्सल पिस सेक्रेसी फाउन्डेसनले निर्माण गर्नेछ। उक्त संस्थाका अध्यक्ष धर्मगुरु श्याल्पा तेन्जिन रिन्पोछे हुन्।

कोभिडअघि निर्माण सुरु गरेर रोकिएको काम फेरि सुरुवात गरिएको धर्मगुरु रिन्पोछेले बताए। नेपाल भौतिक रूपमा कमजोर भए पनि संसारको सबैभन्दा धनी हुने स्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने धारणा राखे। करोडौँ विदेशी बुद्धको धर्मका लागि लालायित भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए।

नेपालका लागि अमेरिकी दूतावासकी प्रवक्ता जेहरा नावीले अमेरिकी नागरिकलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्त्वबारे बुझ्न सघाउ पुर्‍याएको बताइन्। ३४ सय वर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्वशान्ति धाम तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: ३० मंसिर २०८० १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 7 =