धनकुटामा केपी ओलीमाथि हातपात [भिडियोसहित]

हिमाल प्रेस २८ मंसिर २०८० १६:३१
90
SHARES
धनकुटामा केपी ओलीमाथि हातपात [भिडियोसहित]

काठमाडौँ– नेकपा एमालेका अध्यक्षमाथि केपी शर्मा ओलीमाथि हातपात प्रयास भएको छ। नेकपा एमालेले सुरु गरेको झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा धनकुटा पुगेका ओलीमाथि पहिचानवादी पक्षका महालक्ष्मी नगरपालिका-५ का महेश राईले हातपातको प्रयास गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार राई पक्राउ परिसकेका छन्। ओलीलाई फूलमाला र अविरले स्वागत गर्न भनेर राई लाइनमा बसेका थिए। उनको आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए।

 

प्रकाशित: २८ मंसिर २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =