राजधानीमा हस्तकला व्यापार मेला सुरु [तस्बिरहरू]

दिपेश श्रेष्ठ २८ मंसिर २०८० १४:०९
18
SHARES
राजधानीमा हस्तकला व्यापार मेला सुरु [तस्बिरहरू]

काठमाडौँ- नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौँको अन्नपूर्ण होटेलमा बिहीबारदेखि २० औँ हस्तकला व्यापार मेला सुरु भएको छ। मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्नु र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहनाअनुरूप वस्तु डिजाइन गर्नु रहेको महासंघले जनाएको छ।

मेलामा स्वदेशी र विदेशी क्रेता तथा विक्रेताबीच सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान हुने महासंघ अध्यक्ष प्रचण्ड शाक्ले बताए। मेलामा हस्तकलाका वस्तुहरूको एक सयभन्दा बढी स्टल राखिएका छन्। मेलामा पाकिस्तान र बंगलादेशका व्यवसायीहरूले पनि स्टल राखेका छन्। हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

पुस २ गतेसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति रामचन्द्र पौपौडेलले उद्घाटन गरेका छन्। मेला उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् संवर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो।’

राष्ट्रपति पौडेलले हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न सकिने बताए। नले भने, ‘यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ।’

प्रकाशित: २८ मंसिर २०८० १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =