यस्तो छ ‘फाइटर’को टिजर

हिमाल प्रेस २८ मंसिर २०८० १३:३० | Thursday, December 14, 2023
यस्तो छ ‘फाइटर’को टिजर

काठमाडौँ– बलिउड फिल्म ‘फाइटर’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार एक्सन र रोमान्स भूमिकामा देखिएका छन्।

फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुर, करण सिंह ग्रोवर, संजीदा शेख, अक्षय ओबरायलगायत कलाकारको अभिनय छ।

विमान लडाकुको कथामा आधारित फिल्म सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्। २५ जनवरीमा प्रदर्शन हुने फिल्मलाई भारतको पहिलो एरियल एक्सन फिल्म भनिएको छ।

सिद्धार्थ आनन्दसँगै भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामोन छिबले फिल्मको कथा लेखेका छन्। सिद्धार्थले यसअघि ‘पठान’ र ‘वार’ निर्देशन गरेका थिए।

प्रकाशित: २८ मंसिर २०८० १३:३० | Thursday, December 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast