सुनको मूल्य निरन्तर ओरालो

हिमाल प्रेस २७ मंसिर २०८० ११:५४
30
SHARES
सुनको मूल्य निरन्तर ओरालो

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ। सुनकाे मूल्य आइतबारदेखि ओरालो लाग्न थालेकाेमा बुधबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार चार सय १० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।

प्रकाशित: २७ मंसिर २०८० ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =