बुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि छ : प्रधानमन्त्री

हिमाल प्रेस २६ मंसिर २०८० १८:१२
4
SHARES
बुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि छ : प्रधानमन्त्री

नवलपरासी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अस्तित्व रहँदासम्म बुद्धदर्शन जीवित रहने बताएका छन्। विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आज (मंगलबार) आयोजित विशेष कार्यक्रममा उनले विश्वशान्ति आजको आवश्यकता रहेको बताए। उनले यो सन्देश विश्वभर फैलाउन सफल भएको पनि उल्लेख गरे।

भगवान गौतमबुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री दाहालको भनाइ छ। उनले त्यस अवसरमा रामग्राम स्तुप विकासको गुरुयोजना कार्यान्वयनको प्रतिबद्धता समेत व्यक्त गरे।

प्रधानमन्त्री दाहालले रामग्राम स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताए।

प्रकाशित: २६ मंसिर २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =