भारतसँग नेपाल १० विकेटले पराजित

हिमाल प्रेस २६ मंसिर २०८० १४:५६
112
SHARES
भारतसँग नेपाल १० विकेटले पराजित

काठमाडाैँ- समूह चरणको अन्तिम खेलमा भारतसँग १० विकेटले विकेटले पराजित भएसँगै एसिसी यु-१९ एसिया कपमा जितविहीन बनेको छ।  समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका तीनवटै खेलमा पराजित ब्यहोरेको हो। यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो।

दोस्रो जित निकल्दै चार अंक जोडेको भारतले सेमिफाइनल सम्भावनालाई जिवितै राखेको छ। यसअघि भारतले अफगानिस्तानलाई ७ विकेटले हराउँदा पाकिस्तानसँग ८ विकेटको पराजय ब्यहोरेको थियो।

दुबइको आइसिसी एकेडेमीको दोस्रो मैदानमा मंगलबार नेपालले प्रस्तुत गरेको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो। भारतका लागि अविजित रहेका अर्शिन कुलकर्नीले ३० बलमा ५ छक्का र १ चौकाको मद्दते ४३ र आदर्श सिंहले १३ बलमा दुई चौकाको मद्दतले १३ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनाउन सेकेको थियो। नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि हेमन्त धामीले ८, अर्जुन कुमाल र दीपक बोहराले ७, आकाश चन्दले अविजित ४, गुल्सन झा र दीपेश कँडेलले ४, कप्तान देव खनाल सवास भण्डारीले २ र दीपक बोहराले १ रन बनाए। उत्तम थापा मगर र दीपक डुम्रेले रनको खाता पनि खोल्न सकेनन्।

भारतका लागि राज लाम्बिनीले ९.१ ओभरमा १३ रन खर्चिदै ७ विकेट लिए। यसैगरी आरध्य शुक्लाले २ र अर्शिन कुलकर्नीले १ विकेट लिए।

प्रकाशित: २६ मंसिर २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =