काठमाडौँ- एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दै छ। भारतले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।
खेल यूएईको आईसीसी एकेडेमी ओभल-२ मैदानमा जारी छ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बाट सुरु भएकाे हाे।
८ देश सम्मिलित जारी प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान समूह ‘ए’ मा छन् भने श्रीलंका, बंगलादेश, यूएई र जापान समूह ‘बी’मा छन्।
प्रकाशित: २६ मंसिर २०८० ११:३०
प्रतिक्रिया