काठमाडौँ- संघीय संसद्को महासचिव पदका लागि संसद् सचिवालयकै सचिव पदमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ। महासचिव भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएसँगै पाण्डे सिफारिस भएका हुन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा पाण्डेको नाम सिफारिस गरेका हुन्।
गौतमले आइतबार राजीनामा दिएका थिए। उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरिसकेको जनाएको छ। संसद्को महासचिव सभामुख र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ।
प्रकाशित: २५ मंसिर २०८० १२:०१
प्रतिक्रिया