स्कुटर चोरी अभियोगमा बालक पक्राउ

हिमाल प्रेस २४ मंसिर २०८० १५:४६
6
SHARES
स्कुटर चोरी अभियोगमा बालक पक्राउ

पोखरा- स्कुटर चोरी अभियोगमा कास्की प्रहरीले एक बालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा १६, दीप बस्ने १७ वर्षीय किशोर हुन्। पोखरामा हालै नदीपुर र बगरबाट २ वटा स्कुटर हराएपछि प्रहरीसमक्ष उजुरी परेको थियो।

प्रहरीले खाजतलासका क्रममा ती बालकलाई एक्कासि ग १४ प २०३४ नम्बरको स्कुटर चलाएको देखेपछि नियन्त्रणमा लिएको थियो। उक्त स्कुटर गत मंसिर १९ मा नदीपुरबाट हराएको थियो।

यस्तै, अनुसन्धानका क्रममा उनले बगरमा पाकिङ गरिराखेको ग ८ प ९९३ नम्बरको अर्को स्कुटर पनि चोरी गरेको खुलेको थियो। प्रहरीले उनलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया थालेको जनाएको छ। ती बालक यसअघि पनि ३ पटकसम्म चोरी मुद्दामा पक्राउ परेको अनुसन्धानमा खुलेको प्रहरीले जनायो।

प्रकाशित: २४ मंसिर २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =