दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार

हिमाल प्रेस २३ मंसिर २०८० २१:३४
12
SHARES
दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार

पोखरा– राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन्। पोखरामा यूआरएलको १० औँ वार्षिकोत्सव अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उनलाई नगद ३३ हजार ३३३ रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष श्रेष्ठ एभरेस्ट एफएमका कार्यकारी निर्देशक तथा एभरेस्ट आवाज डटकमका प्रधानसम्पादक छन्।

पत्रकारितामार्फत स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै श्रेष्ठलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, यूआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले पुरस्कार अर्पण गरे।

साथै नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएबापत प्राडा बुद्धिबहादुर थापालाई लाइफटाइम एचिभमेन्ट अवार्ड अर्पण गरिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा थापाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भइ सेवा गरिसकेका छन्। यूआरएल गण्डकी प्रदेशको पहिलो ल्याबोरेटरी हो।

प्रकाशित: २३ मंसिर २०८० २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =