दोहा सम्मेलनमा सहभागी हुन कतार लागे परराष्ट्रमन्त्री

हिमाल प्रेस २३ मंसिर २०८० १९:४१
2
SHARE
दोहा सम्मेलनमा सहभागी हुन कतार लागे परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री एनपी साउद। फाइल तस्बिर।

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद आज कतार प्रस्थान गरेका छन्। दोहा सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ लागेका हुन्।

आइतबारदेखि कतारमा सुरु हुने दोहा २१औँ फोरममा परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विपीन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनका प्रेस संयोजक केशव साउदले जानकारी दिए।

कतारमा रहँदा मन्त्री साउदले आफ्नो कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल मुखारीसँग भेटवार्ता गर्नेछन्।

मन्त्री साउदले यसअघि यही मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

प्रकाशित: २३ मंसिर २०८० १९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =