ठगी अभियोगमा वडा सदस्यसहित चारजना पक्राउ

हिमाल प्रेस २३ मंसिर २०८० १६:२५
6
SHARES
ठगी अभियोगमा वडा सदस्यसहित चारजना पक्राउ

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी अभियोगमा वडा सदस्यसहित चार जनालाई पक्राउ गरेको छ।

फोटोग्राफी व्यवसायमा ठगी गरेको भन्दै १५ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले पोखरा महानगरपालिका ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अप्पे भनिने अभिषेक बराल छन्।

उनीहरूलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए।

प्रतिव्यक्ति साढे १३ रुपैयाँ उठाएर आफ्नो नाममा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको पीडितहरू भनाइ छ। दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भई निर्वाचन जितेका जनप्रतिनिधि हुन् भने विकास गठबन्धनको साझा उम्मेदवार थिए।

प्रकाशित: २३ मंसिर २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =