आईटीएफ जे–३० टेनिसमा एलेक्सी र आसुकरा च्याम्पियन

हिमाल प्रेस २३ मंसिर २०८० १६:०६
आईटीएफ जे–३० टेनिसमा एलेक्सी र आसुकरा च्याम्पियन

पोखरा- आईटीएफ जे-३० दोस्रो सर्किटअन्तर्गत टेनिसमा पुरुष एकलतर्फ एलेक्सी सीबाएभ र महिला एकलतर्फ जापानकी उता आसुकरा च्याम्पियन भएका छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको फाइनलमा एलेक्सीले नेपाली मूलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई ६-३, ६-२ ले पराजित गर्दै प्रथम भए। महिलातर्फ आसुकराले भारतकी अर्जान खोराकीवालालाई ६-२, ६-३ ले पराजित गर्दै प्रथम भइन्।

विजेता दुवै खेलाडी जे–३० को सर्किट वानमा पनि विजयी भएका थिए। जितसँगै उनीहरूले आईटीएफको महत्त्वपूर्ण ३०-३० अंक प्राप्त गरेका छन्।

विजयी खेलाडीलाई नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदार, नेपाल टेनिस संघ उपाध्यक्ष विनोद कायस्थ, टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आईटीएफ प्रतिनिधि प्रवीणकुमार नायक, कास्की जिल्ला टेनिस संघ अध्यक्ष लोकबहादुर गुरुङलगायतले पुरस्कृत गरे।

प्रकाशित: २३ मंसिर २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =