ठगी गरेको आरोपमा वडासदस्यसहित चारजना पक्राउ

हिमाल प्रेस २३ मंसिर २०८० ७:०४
20
SHARES
ठगी गरेको आरोपमा वडासदस्यसहित चारजना पक्राउ प्रतिनिधिमूलक तस्बिर

कास्की- पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्। पोखरा महानगरपालिका–६ का वडासदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चारजनालाई कास्की प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो।

पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्र्याकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति १३ हजार ५०० उठाएको आरोप उनीहरूलाई लागेको छ। व्यवसाय दर्ता नै नगरेको पीडितको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

वडासदस्य पहारीसहित पोखरा–६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पीडितहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ठगीमा संग्लन अन्यको खोजी भइरहेको जनाएको छ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रनाउ विकले जानकारी दिए।

प्रकाशित: २३ मंसिर २०८० ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =