कम्युनिस्टहरूसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेस सकिन्छ : शेखर कोइराला

हिमाल प्रेस २२ मंसिर २०८० १५:४३
22
SHARES
कम्युनिस्टहरूसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेस सकिन्छ : शेखर कोइराला फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनमा कम्युनिस्ट दलहरूसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेस विस्तारै सक्किने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले चुनावमा गठबन्धन नै गर्ने हो भने लोकतान्त्रिक पार्टीसँग गर्न सकिने बताएका हुन्।

‘चुनावमा कम्युनिस्टसँग गठबन्धन गर्दै जान थाल्यौँ भने हामी विस्तारै सक्किन्छौँ,’ उनले भने, ‘चुनावमा गठबन्धन गर्ने कि चुनावपछि गठबन्धन गर्ने सोच्नुपर्छ। यदि गठबन्धन नै गर्ने हो भने लोकतान्त्रिक पार्टीसँग गठबन्धन गर्न सकिन्छ।’ नेता कोइरालाले मुलुक परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन हुनुपर्ने बताए। ‘देश परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो। लोकरिझ्याइमा हामी गइरकेका छौँ। यो सधैँ रहँदैन।’

कोइरालाले अहिले देखिएको आक्रोश व्यवस्थाविरुद्धको नभएको बताए। ‘अहिले देखिएको आक्रोश व्यवस्थाविरुद्धको हो भन्ने लाग्दैन। हामीले काम गर्न नसकेको आक्रोश हो,’ उनले भने, ‘हामीले आफ्नो आचरण, व्यवहार र उच्च महत्त्वकांक्षा त्यागेर अघि बढ्न जरुरी छ।’

प्रकाशित: २२ मंसिर २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =