संसद्‌को राज्य व्यवस्था समितिले प्रधानसेनापतिलाई बोलायो

हिमाल प्रेस २२ मंसिर २०८० १५:२९
28
SHARES
संसद्‌को राज्य व्यवस्था समितिले प्रधानसेनापतिलाई बोलायो

काठमाडौँ– राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानसेनापतिलाई बोलाएको छ। फास्ट ट्याकलगायतका विषयमा छलफल गर्न समितिले आगामी मंसिर २७ गते प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको हो। यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने समेत निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए।

आजको बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले पनि सेनाबारे बोलेका थिए। थापाले सेना प्रमुख हुने बेलामा उमेरलाई लिएर पटक–पटक प्रश्न उठ्ने गरेको भन्दै यस विषयमा उपसमिति बनाएर सधैँका लागि यो समस्या समाधान हुनेगरी काम गर्नु पर्ने बताएका थिए।

प्रकाशित: २२ मंसिर २०८० १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =