नेपालले दियो पाकिस्तानलाई १५३ रनको लक्ष्य

हिमाल प्रेस २२ मंसिर २०८० १५:०४
56
SHARES
नेपालले दियो पाकिस्तानलाई १५३ रनको लक्ष्य

काठमाडौँ- उत्तम थापा मगरको अर्धशतकप्रेरित नेपालले एसिसी यु-१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसामू १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ। संयुक्त अरब ईमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५२ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि उत्तमले ७४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५१ रन बनाए। यसैगरी दीपेश कंडेलले ३१,अर्जुन कुमालले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
छैटौं विकेटका लागि उत्तम र दीपेशले ६८ रनको साझेदारी गरे। पाकिस्तानका लागि मोहम्मद जिशनले ९.२ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर ६ विकेट लिए। यसैगरी अमिर हसनले दुई तथा उबेद शाह र अली अस्फन्दले समान एक विकेट लिए।

दुवै जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन्। एसिसी यु-१९ एसिया कपमा नेपालले दुईपटक पाकिस्तानको सामना गर्दा दुवैमा हार ब्यहोरेको छ। नेपालले सन् २०१२ मा आठ विकेट तथा २०१३ मा १ सय ३२ रनले पराजित भएको थियो।

प्रकाशित: २२ मंसिर २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eight =