नेपाली सेनाले माग्यो फोटोग्राफरदेखि कम्प्युटर इन्जिनियरसम्म

हिमाल प्रेस २२ मंसिर २०८० ८:१८
8
SHARES
नेपाली सेनाले माग्यो फोटोग्राफरदेखि कम्प्युटर इन्जिनियरसम्म

काठमाडौँ- नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्टलगायत पदमा दरखास्त आह्वान गरेको हो।

यसैगरी मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ।

समाचार सम्पादक, वाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको सेनाले जनाएकाे छ।

दरखास्त पेस गर्ने मिति आजदेखि पुस २१ गतेसम्म छ। दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त फारम बुझाउन सकिन्छ।

दरखास्त फारम अनलाइनमार्फत भरेर, त्यसलाई प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर बुझाउनु पर्ने सूचनामा उल्लेख छ।

दरखास्त बुझाउँदा सबै पदका लागि नेपाल बैंक लिमिटेडको राजश्व शीर्षकमा एक हजार रुपैयाँ जम्मा गरेको सक्कल र एक थान प्रतिलिपि भौचर पनि बुझाउनु पर्नेछ।

हेर्नुहाेस् सूचना

प्रकाशित: २२ मंसिर २०८० ८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =