यू-१९ एसिया कप : नेपाल पाकिस्तानसँग भिड्दै,टिममा को-को छन्?

हिमाल प्रेस २२ मंसिर २०८० ६:०५
40
SHARES
यू-१९ एसिया कप : नेपाल पाकिस्तानसँग भिड्दै,टिममा को-को छन्?

काठमाडौँ- एसीसी यू-१९ एसिया कपमा संयुक्त अरब इमिरियट्स (यूएई) मा आज बिहान ११:१५ बजे हुने खेलमा नेपालको युवा टिमले पाकिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेल्दैछ। समूह ‘बी’ मा आयोजक यूएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।

नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमटाले राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्।

नेपालको युवा टिमले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप उपाधि जितेर एसिया कपमा स्थान बनाएको हो।

नेपालले अर्को खेल मंसिर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ। नेपाल र पाकिस्तानसँगै आजै अफगानिस्तान र भारतबीचको खेल हुँदैछ।

नेपालले अर्को खेल मंसिर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ। समूह चरणका खेल सकिएपछि मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल छ।

नेपाली टिममा देव खनाल (कप्तान) अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा छन्।

प्रकाशित: २२ मंसिर २०८० ६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + four =