विज्ञान, गणित र सामाजिक विषयका शिक्षकलाई नियुक्तिपत्र

हिमाल प्रेस २२ मंसिर २०८० ५:४७
112
SHARES
विज्ञान, गणित र सामाजिक विषयका शिक्षकलाई नियुक्तिपत्र

ताप्लेजुङ- खुला प्रतिस्पर्धाबाट छनोट भई ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाईले शिक्षक विकास निर्देशनालय धनकुटाबाट सिफारिस गरिएका २३ जना शिक्षकलाई नियुक्तिपत्र प्रदान गरेको हो।

ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकहरू विज्ञान, गणित र सामाजिक विषयका रहेका छन्।

शिक्षक विकास निर्देशनालय धनकुटाबाट सिफारिस भएका सबै शिक्षकलाई मंगलबार स्थायी नियुक्तिपत्र प्रदान गरिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाई प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए।

जिल्लाका नौ स्थानीय तहमा रहेको विषय शिक्षक आवश्यकताको आधारमा कोटा विभाजन गरी शिक्षकहरूलाई ठाउँ (स्थानीय तह) रोज्नका लागि समय उपलब्ध गराइएको थियो।

शिक्षकहरूले रोजेको स्थानीय तहका लागि नियुक्तिपत्र दिएर उनीहरूलाई एकाई कार्यालयको तर्फबाट बिदाइ गरिएको पनि एकाई प्रमुख भट्टराईले बताए।

उनका अनुसार जिल्लाका लागि सिफारिस भएका २३ शिक्षकमध्ये सबैभन्दा बढी विज्ञान विषयका १२ जना छन्।

त्यस्तै गणित विषयका आठ जना, सामाजिकका दुई र अंग्रेजी विषयका एकजना शिक्षक रहेको विकास तथा समन्वय एकाईले जनाएको छ। गोरखापत्र दैनिकबाट

प्रकाशित: २२ मंसिर २०८० ५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =