११.७३ अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार

हिमाल प्रेस २१ मंसिर २०८० १५:४५
8
SHARES
११.७३ अंकले बढ्यो नेप्से, २ अर्ब ७९ करोडको कारोबार

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.७३ अंकले बढेको छ। आज नेप्से परिसूचक १८५२.७७ बिन्दुमा उक्लिएको छ।

बिहीबार १७५ कम्पनीको सेयर मूल्य बढेको छ। ५७ कम्पनीको मूल्य घट्दा ८ कम्पनीको भने स्थिर रह्यो। आज त्रिशूली विद्युत् कम्पनी, समाज लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त र नबिल ब्यालेन्स फन्ड–२ को सेयर १० प्रतिशतले बढ्यो।

कारोबार रकमका हिसाबले नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो। यसको मात्रै ८६ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार कुल २९९ कम्पनीको ९५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। आज व्यापार बाहेक सबै उपसमूहको सूचक बढेको छ।

प्रकाशित: २१ मंसिर २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =