काभ्रेका सिद्धार्थ ढकाल युक्रेनी सेनाको कब्जामा

हिमाल प्रेस २१ मंसिर २०८० ११:५३
18
SHARES
काभ्रेका सिद्धार्थ ढकाल युक्रेनी सेनाको कब्जामा

काठमाडौँ- रुसी सेनामा भर्ती भएका काभ्रे मन्डनदेउपुरका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको छ।

उनलाई युक्रेनी सेनाले बन्दी बनाएको समेत भिडियोमा छ। युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई मंसिर १७ गते नियन्त्रणमा लिइएको बताइएको छ।

योसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको संख्या २ पुगेको छ। ढकाल रुसी सेनाको तर्फबाट युक्रेनविरुद्ध लड्न गएका थिए।

यसअघि अर्का नेपाली विवेक खत्री युक्रेनमा बन्दी अवस्थामा रहेको र नेपाल फिर्ता गर्न कूटनीतिक पहल भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो।

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भैसकेको छ। नेपालले रुस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन र मृतकका परिवारलाई राहत दिन रूस सरकारसँग माग गरेको छ।

नेपाल सरकारले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन पनि रुसलाई आग्रह गरिसकेको छ।

कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =